Rule 78
- कबुलियती वन फिर्ता लिन सकिने
(१) ऐनको दफा २७ मा उल्लिखित कारणका अलावा यस नियमावली बमोजिम कबुलियती वन लिने सङ्गठित संस्था वा समूहले पालना गर्नु पर्ने सर्त पालना नगरेको भनी कसैले उजुर गरेमा वा कुनै स्रोतबाट कबुलियती वनमा निषेधित कार्य गरेको भन्ने सूचना प्राप्त भएमा डिभिजन वन कार्यालयले प्राविधिक कर्मचारी खटाउनु पर्नेछ र त्यसरी खटिई गएका कर्मचारीले नियम ६९ बमोजिम कबुलियती वन लिने सङ्गठित संस्थाको प्रतिनिधिको वा नियम ७३ बमोजिमको कबुलियती वन समूहको प्रतिनिधिको रोहबरमा स्थलगत निरीक्षण गरी सोको प्रतिवेदन.पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम पेस भएको स्थलगत निरीक्षण प्रतिवेदनबाट कबुलियती:वन लिने सङ्गठित संस्था वा समूहले निषेधित कार्य गरेको देखिन आएमा डिभिजनल वन अधिकृतले सम्बन्धित कबुलियती वन लिने सङ्गठित संस्था वा कबुलियती वन समूहलाई बढीमा पन्ध्र दिनको म्याद दिई सफाइ पेस गर्ने मौका दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम सङ्गठित संस्था वा समूहले पेस गरेको सफाइ सन्तोषजनक नभएमा त्यस्तो सफाइ पेस भएको मितिले पैंतीस दिनभित्र डिभिजनल वन अधिकृतले प्रमाणपत्र खारेज गरी कबुलियती वन फिर्ता लिन सक्नेछ।

(४) उपनियम (३) बमोजिम डिभिजनल वन अधिकृतले कबुलियती वन फिर्ता लिएको जानकारी मन्त्रालय, प्रदेश मन्त्रालय, निर्देशनालय र विभागलाई गराउनु पर्नेछ।